गृहपृष्ठ Featured रुपन्देहीमा ५ लाख बढीको प्याजसहितको गाडी प्रहरीको फन्दामा

रुपन्देहीमा ५ लाख बढीको प्याजसहितको गाडी प्रहरीको फन्दामा

रुपन्देही ।

सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट  सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज नियन्त्रणमा लिएको छ ।

भारतबाट अबैध रुपले नेपालमा ल्याई राखेको प्याज ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो । सो क्रममा  बोरा सिलाउने मेशिन पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको छ ।

सम्बन्धित् समाचार