वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- २ पिपराबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय पिपराले आईतबार ८० मिलिग्राम ब्राउन सुगरसहित अन्दाजी ३० बर्षीय विशाल छन्ट्याललाई पक्राउ गरिएको जनाएको छ ।
उनलाई सोमबार अदालतबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपालजंग रायमाझिले जानकारी दिए ।
यसैबीच रायमाझि ईलाका प्रहरी कार्यालयमा प्रमुख भएर आएपछि ८ महिनाको अवधिमा ४३ भन्दा बढी लागुऔषध बेचविखन र प्रयोगकर्ता पक्राउ गरेका छन् । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भई कारबाही गरिएको छ ।
रायमाझीको संक्रियताले मुख्यतः लागुऔषध बेचविखनकर्ता अहिले बाणगंगा क्षेत्रलाई छाडेर अन्य पालिकाका विभिन्न स्थानमा सक्रिय भएको बताईएको छ ।








