गृहपृष्ठ Featured आफैँ चढेको ट्याक्टरले किचेर एक जनाको मृत्यु

आफैँ चढेको ट्याक्टरले किचेर एक जनाको मृत्यु

हेटाैंडा ।

मकवानपुरको कैलाश गाउँपलिकामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नं १० पुरानो गाउँका ३५ वर्षीय प्रदिप वाईवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफैँ चढेको ट्याक्टरबाट खसेका वाईवालाई ट्याक्टरको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

सम्बन्धित् समाचार