गृहपृष्ठ Featured पाल्पाको तानसेनमा प्रतिनिधि सभा र सातै प्रदेशका सभामुखहरूको अन्तरसंवाद भेला

पाल्पाको तानसेनमा प्रतिनिधि सभा र सातै प्रदेशका सभामुखहरूको अन्तरसंवाद भेला

तानसेन ।

पाल्पाको तानसेनमा आजदेखि अन्तर व्यवस्थापिका अन्तरसंवाद भेला हुँदैछ । लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको दुईदिने भेलामा संघ र प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु सहभागी हुँदैछन् ।

कार्यक्रमको सबै तयारी पुरा भएको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । संघीयता कार्यान्वयन गर्दै एकअर्काले गरेको अभ्यासलाई सिक्न र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउने तयारी अनुसार कार्यक्रम आयोजना गरिएको सभामुख घर्तीले बताए ।

उनका अनुसार भेलाका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिव लगायत पाल्पा आइसकेका छन् । शनिबार सम्पन्न हुने भेलाले पाल्पा घोषणापत्र जारी गर्नेछ ।

भेलामा संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले, उत्तरविद्यायिकी परीक्षण कार्यविधि संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्काले प्रस्तुत गर्नेछन् । यस्तै अन्तर व्यवस्थापिका मञ्च, नेपालको विधान प्रस्तुति पनि लुम्बिनी प्रदेश सभा सचिव पुनले प्रस्तुत गर्ने कार्यक्रम छ ।

सम्बन्धित् समाचार