काठमाडौं ।
युवा ब्याटर विल ज्याक्सको आक्रामक शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्समाथि ९ विकेटको शानदार जित हात पारेको छ । २०१ रनको लक्ष्य बेंगलोरले १६ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
बेंगलोरको जितमा विल ज्याक्स ४१ बलमा ५ चौका र १० छक्कासहित १०० रनमा नट आउट रहे । १६ औं ओभरमा राशिद खानलाई चार छक्का र एक चौकासहित कुल २९ रन जोड्दै ज्याक्सले शतक पूरा गरेका थिए । आईपीएलमा उनको यो पहिलो शतक हो ।








