गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा श्रीमान-श्रीमती नै मृत अवस्थामा भेटिए

कपिलवस्तुको बाणगंगामा श्रीमान-श्रीमती नै मृत अवस्थामा भेटिए

कपिलवस्तु ।

जिल्लाको बाणगंगा नगरपालिकामा श्रीमान-श्रीमती मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नं. ८ ढोडेकोलमा श्रीमान् श्रीमती नै मृत फेला भेटिएका हुन् ।

मृत भेटिनेहरुमा ६० बर्षीय श्रीमान टेकलाल भुसाल र ५५ बर्षीया श्रीमती जुठी भुसाल रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिए ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट डिएसपी हरिबहादुर ओलीसहितको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

डिएसपी ओलीका अनुसार मृतक श्रीमान झुण्डीएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमतीको शरीरमा केही चोट देखिएको छ । शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

श्रीमान श्रीमतीबिच भएको झगडाका कारण श्रीमतीको हत्या गरी श्रीमानले आफू पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित् समाचार