गुल्मी।
गुल्मीमा घाँस काट्ने क्रममा लडेर ४३ वर्षीया महिलाको मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका- २ छापटोला बस्ने ४३ वर्षीय खुमकला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार, थापा श्रीमान् सँगै घाँस काट्न रेसुङ्गा नगरपालिका वडा नम्बर ३ दहडाँडामा गएकी थिइन् ।
घाँस काट्ने क्रममा लडेपछि उनलाई अस्पताल ल्याइएकोमा अस्पतालले खुमकलालाई मृत घोषणा गरेको थियो ।








