इन्डियन प्रिमियर लिग (आईपीएल) को ५३ औँ खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सलाई २८ रनले पराजित गरेको छ । खेलमा अलराउन्ड प्रदर्शन गरेका रवीन्द्र जडेजा नायक बने ।
चेन्नईका लागि जडेजाले ३ विकेट लिए भने तुसार देशपाण्डे र सिमरनजित सिंहले २–२ विकेट लिए । मिचेल स्यान्टनर र शर्दुल ठाकुरले १–१ विकेट हात पारे ।
त्यस्तै, कप्तान रुतुराज गायकवाडले २१ बलमा ३२ रन तथा डेर्यल मिचेलले १९ बलमा ३० रन बनाए । मोइन अली र शर्दुल ठाकुरले १७–१७ रन प्रहार गरे । पञ्जाबका लागि राहुल चहर र हर्षल पटेलले ३–३ विकेट लिए । त्यस्तै, अर्शदीप सिंहले २ तथा साम करनले १ विकेट हात पारेका थिए ।
जितपछि ११ खेलमा १२ अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने समान खेलबाट ८ अङ्कसहित आठौँ स्थानमा सीमित छ ।








