गृहपृष्ठ Featured गुल्मीको रेसुंगा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा

गुल्मीको रेसुंगा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा

गुल्मी ।

गुल्मीको रेसुंगा नगरपालिका स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेर पोषणमैत्री स्वास्थ्य संस्थायुक्त र पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा भएको छ ।

पालिकाको स्थापना दिवसको अवसरमा उक्त घोषणा गरिएको हो ।

नगरपालिकाका स्वास्थ्य संयोजक मञ्जु घर्तीले पालिकाका १४ वटै वडाका १६ वटा स्वास्थ्य संस्था पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भइसकेको बताइन् ।

जिल्लालाई २०७१ साल चैत ३० गते नेपालमै साताैं जिल्लाको रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्ने गरिएको छ ।

सम्बन्धित् समाचार