गृहपृष्ठ Featured आईपीएलमा आज पञ्जाब र बैंगलुरु भिड्दै

आईपीएलमा आज पञ्जाब र बैंगलुरु भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५८औँ खेलमा आज पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दैछ ।

खेल पञ्जाबको घरेलु मैदान धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

यो सिजन पञ्जाब र बैंगलुरुबिचको दोस्रो खेल हुनेछ। पछिल्लो खेलमा बैंगलोर ४ विकेटले विजयी भएको थियो ।

आज पञ्जाब र बैंगलोर दुवैको सिजनको १२ औँ खेल हुनेछ। दुवै टोलीले ११ खेलमध्ये ४ जित र ७ खेलमा हार बेहोरेका छन् । राम्रो रन रेटका कारण बैंगलुरु सातौँ र पञ्जाब आठौँ स्थानमा छ। आजको खेल जित्ने टोलीले प्लेअफको आशा कायम राख्नेछ भने हार्ने टोली मुम्बईजस्तै लगभग आउट हुनेछन् ।

सम्बन्धित् समाचार