गृहपृष्ठ Featured कामीरीता आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा

कामीरीता आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा

काठमाडौँ ।

कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेका हुन् ।

विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले  सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् ।

कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।

सम्बन्धित् समाचार