गृहपृष्ठ Featured म्यानचेष्टर सिटी उपाधि नजिक

म्यानचेष्टर सिटी उपाधि नजिक

काठमाडौं ।

एर्लिङ हालान्डको दुई गोल मदतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा मंगलबार राति टोटनहमलाई २-० ले पराजित गरेको छ । यस जितपछि आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको सिटीले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

अब लिगमा एक चरणको खेल बाँकी हुँदा सिटीले बर्सनलमाथि २ अंकको अग्रता बनाएको छ ।

टोटनहमको मैदानमा भएको खेलमा हालान्डले ५१औं र इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे ।

लगातार चौथो पटक प्रिमियर लिग उपाधि जित्नबाट अब सिटी एक खेल मात्र टाढा छ ।

सिटीले अब अन्तिम खेल घरेलु मैदानमा वेष्टहमसँग खेल्नेछ । यस्तै आर्सनलले एभरटनसँग खेल्न बाँकी छ । यस सिजन प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्दा अन्तिम खेलपछि मात्र विजेताको टुङ्गो लाग्ने भएको छ ।

सम्बन्धित् समाचार