गृहपृष्ठ Featured बाणगंगाबाट मोटरसाईकल चोरी गर्ने पुरुष नवलपरासीबाट पक्राउ

बाणगंगाबाट मोटरसाईकल चोरी गर्ने पुरुष नवलपरासीबाट पक्राउ

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ६ अमौलीबाट मोटरसाईकल चोरी गर्ने एक जना पक्राउ परेका छन् ।

गत वैशाख २६ गते अमौलीस्थित आफ्नै घरमा पार्किङ गरी राखेको लु ९० प ८३४१ नं.को मोटरसाईकल चोरी गरेको भन्ने उजुरी ईलाका प्रहरी कार्यालय पिपरामा परेको थियो ।

खोजतलासको क्रममा नवलपरासीको सुस्ता गाँउपालिका वडा नं.३ का ३७ बर्षीय पियुस भन्ने मिथुन सुसाध शुक्रबार पक्राउ परेका हुन् ।

घटनाबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार