विराटनगर ।
सडक निर्माणका विषयमा विवाद हुँदा मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा एउटै परिवारका ससुरा बुहारीलाई कालो मोसो दलिएको छ।
प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका-१२ घर भइ हाल बेलबारी-११ लक्ष्मीमार्गमा बस्दै आएका ७५ वर्षीय वृद्ध हरिबहादुर विष्ट र उनकी बुहारी ३७ वर्षीया सरस्वती बस्नेत (विष्ट)लाई मोसो दलिएको हो।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार सुम्निमा चोकबाट जुरातर्फ जाने सडक निर्माणका क्रममा विवाद हुँदा कालो मोसो दलेर ससुरा बुहारीमाथि अमानवीय व्यवहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।








