गृहपृष्ठ Featured बाणगंगा नगरपालिका : वडाहरुले पाए न्युनत्तम ९४ लाखदेखि १ करोड ३५ लाखसम्मको बजेट

बाणगंगा नगरपालिका : वडाहरुले पाए न्युनत्तम ९४ लाखदेखि १ करोड ३५ लाखसम्मको बजेट

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकाको कार्यापालिका बैठक सम्पन्न भएको छ । बैठक नगरपालिकाको आफ्नै भवनमा सोमबार विहान सम्पन्न भएको हो ।

बैठकले आर्थिक बर्ष २०८१/८२ को लागी वडाहरुलाई बजेट सिमा निर्धारण गर्ने निर्णय गरेको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले वैखरीलाई जानकारी दिए । क्षेत्रफल, जनसंख्या, भौगोलिक विकटता र आन्तरिक आय गरि चार ओटा सुचकका आधारमा बजेट सिमा निर्धारण गरिएको उनले बताए ।

उनका अनुसार वडाहरुले न्युनत्तम ९४ लाखदेखि १ करोड ३५ लाखसम्मको बजेट सिलिङ्ग प्राप्त गरेका छन् । वडाले प्राप्त गरेको यो सिलिङ्ग विगतका आर्थिक बर्षकै हाराहारीमा हो । प्रवक्ता पौडेलले वडाले भेलामार्फत योजना माग गरि यही जेष्ठ २५ गतेभित्र योजनाहरु नगरपालिकामा पेस गर्नुपर्ने बताए ।

उनका अनुसार उक्त पेस गरिएका योजनाहरुभित्र कम्तिमा २० लाख भन्दा बढी रकमको एउटा गौरबको योजना अनिवार्य रुपमा समावेश हुनुपर्ने छ । बैठकले योजना छनोट गर्दा वडाहरुलाई आवश्यक मार्गदर्शन समेत दिएको छ ।

सो बैठकमा नगरप्रमख चक्रपाणी अर्यालले चालु आर्थिक बर्षका योजनाहरु छिटो सक्न निर्देशन दिएका थिए । सो बैठकमा उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले आआफ्नो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार