गृहपृष्ठ Featured दिल्लीका विद्यालय अत्यधिक गर्मीका कारण बन्द गर्न आदेश

दिल्लीका विद्यालय अत्यधिक गर्मीका कारण बन्द गर्न आदेश

भारतमा गर्मीका कारण दिल्ली सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको छ ।

सोमबार दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेको थियो । गत साता खपिन सक्नुको गर्मीपछि धेरै राज्यमा गर्मी बिदाको घोषणा भइसकेको छ ।

भारतीय मौसम विभागले यस साता राजधानी दिल्लीमा कडा गर्मी हुने भविष्यवाणी गरेको थियो ।

विश्वव्यापी जलवायु परिवर्तनका कारण मौसममा असर परेको वैज्ञानिकहरू बताउँछन् । ‘लू’ को लहरको अवधि पहिलेको भन्दा बढेको र लू पनि पहिलाको भन्दा कठोर बन्दै गएको बताइएको छ ।

सम्बन्धित् समाचार