गृहपृष्ठ Featured ‘नेतृत्व लिने र बोल्ने आत्मविश्वास बढ्यो’

‘नेतृत्व लिने र बोल्ने आत्मविश्वास बढ्यो’

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ गोरुसिंगेमा ३ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । उक्त तालिम बुद्धभूमि नगरपालिकाको आयोजना र वैखरी मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा विहिबार सम्पन्न भएको हो ।

तालिमको समापन सत्रमा बोल्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले तालिमबाट प्राप्त ज्ञानले कुनै पनि कार्यक्रममा सहभागी भएर बोल्न स्पष्ट रुपमा बोल्न सक्ने कलाको विकास हुने विश्वास व्यक्त गरे । व्यक्ति जन्मदेखि मृत्युसम्म निरन्तर सिक्दै अघि बढ्ने बताउँदै उनले भने, ‘पटकपटकको अभ्यासबाट नै सिक्ने कुरामा निखार्ता आउने हो । त्यसका लागी सबै सहभागीले तालिम पश्चात पनि तत्परता देखाउनुपर्छ ।’

अनुशासित र मर्यादित भएर बोल्न सक्ने व्यक्ति मात्र सबैको प्यारो हुने उनको भनाई छ । निरन्तरको अभ्यास र बोल्ने प्रयासले मात्र उद्घोषणा कलालाई निखार्न मद्दत पुग्ने उनले बताए । उनले युवायुवती तथा किशोर किशोरीको क्षमता अभिवृद्धिका लागी नगरपालिकाले बर्षेनी विभिन्न कार्यक्रमहरु संचालन गरेको र आगामी दिनमा बर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता प्रतिवद्धता जनाए ।

प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले व्यक्तिको बोल्ने शैलीले उसको व्यक्तित्व विकाससंगै सामाजिक विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । बोल्ने शैलीबाट नै हरेक मानिस प्रभावित हुने भएकाले बाल्ने कलालाई पोख्त बनाउँदै लैजानुपर्ने उनको भनाई छ । उनले तालिममा सिकेका ज्ञान, सिपलाई दैनिक व्यवहारमा कार्यान्वयन गर्न आग्रह समेत गरे । उनले नगरपालिकामा हुने विभिन्न कार्यक्रम चलाउन अन्यत्रबाट उद्घोषक बोलाउनुपर्ने बाध्यताको अन्त्य गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

आवश्यकताका आधारमा नगरपालिकाले एडभान्स तालिम समेत गर्ने उनले प्रतिवद्धता जनाए । यस्तै नगर प्रवक्ता समेत रहेका बुद्धभूमि नगरपालिका- १ का वडाध्यक्ष तेज बहादुर बस्नेत, बुद्धभूमि नगरपालिका- ९ का वडाध्यक्ष प्रमोद आचार्यले बोल्दै उद्घोषण कला आफैमा एक विशिष्ट कला भएकाले यसैबाट नेतृत्व हासिलमा मद्दत पुग्ने बताए । नगरले गर्ने यस्ता कार्यक्रमबाट दीर्घकालीन समयमा पुर्ण रुपमा परिणाम देखिने उनीहरुको भनाई छ ।

सहभागीहरुले यो तालिम अन्य तालिमभन्दा निकै पृथक भएको बताउँदै आगामी दिनमा तालिमको अवधिलाई बढाउनुपर्नेमा जोड दिएका थिए । विगतमा बोल्ने क्रममा आफुहरुले धेरै गल्तीहरु गरेको भन्ने कुरा तालिममा सहभागी भए पश्चात मात्र थाहा भएको उनीहरुको अनुभव छ । उनीहरुले अब ति गल्तीहरु फेरी दोहोर्याउने प्रतिवद्धता समेत जनाए । उनीहरुले तालिमले आफुहरुलाई बोल्ने कला र नेतृत्व लिनका लागी अग्रसर हुन आत्मविश्वास बढाएको बताए ।

कार्यक्रमको संचालन तालिममा सहभागी अस्मिता भुसालले गरेकी थिईन् ।

सम्बन्धित् समाचार