गृहपृष्ठ Featured दाङमा टिमुर सम्मेलन : टिमुर खेतीलाई व्यवसायीकरण गर्न माग

दाङमा टिमुर सम्मेलन : टिमुर खेतीलाई व्यवसायीकरण गर्न माग

बुटवल ।

टिमुरको व्यवसायिक खेती गरी आर्थिक लाभ लिन सकिने भन्दै सरोकारवालाले यसमा लगानी गर्न सरकारसँग माग गरेका छन् ।

दाङको लमहीमा भएको पहिलो टिमुर सम्मेलनमा सहभागीहरुले लुम्बिनी प्रदेशका ६ वटा पहाडी जिल्लामा टिमुर उत्पादन हुने गरेको भए पनि यसको व्यवसायीकरण हुन नसकेको औंल्याए ।

लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा भएको टिमुर सम्मेलनमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले टिमुरलाई व्यवसायीकरण गरेर जनताको जीवनस्तर बदल्न सकिने बताए ।

टिमुर भान्सामा प्रयोग हुने एक खालको मसला मात्र नभई औषधियुक्त जडीबुटी भएकाले यसलाई वैज्ञानीकरण र व्यवसायीकरण गर्न सके विदेश निर्यात गर्न समेत सकिने उनले बताए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा टिमुर खेती प्रवर्द्धनलाई प्राथमिकता दिन उनले सुझाए ।

प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकालले टिमुरलाई व्यवसायीकरण गर्न प्रदेश सरकारले नीतिगत रुपमा व्यवस्था गर्ने बताए ।

सम्बन्धित् समाचार