गृहपृष्ठ Featured यार्सागुम्बा टिप्न गएकी एक महिलाको लेक लागेर मृत्यु

यार्सागुम्बा टिप्न गएकी एक महिलाको लेक लागेर मृत्यु

काठमाण्डौ ।

यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिम आठविसकोट नगरपालिका–४ गोतामकोेट विष्ट गाउँकी २२ वर्षकी जमुना विष्टको लेक लागेर ज्यान गएको छ ।

डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेका बेला विष्टको ज्यान गएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिनुभयो ।

डोल्पाको नाउरेमा पुगेको बेला विष्ट लेक लागेर बिरामी हुनुभएको थियो ।

उहाँको साथमा रहेकी कान्छी बहिनी सरस्वतीसहित घर फर्कदै गरेको बेला हिजो बाटोमा नै ज्यान गएको वडा अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार