परासी ।
वडा नम्बर ५ र १६ को खजुरा खोलाबाट अबैध रुपमा चोरी पैठारी गरेर विभिन्न स्थानमा डम्पिङ्ग गरेर राखेको अवस्थामा नगरले बालुवा, ढुंगा जफत गरेको हो ।
बुधवार र बिहीबार सुरक्षाकर्मीसहितको टोलीले नगर प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगरका कर्मचारीहरुसहितको टोलीले मौज्दात प्रमाणित भएका डम्पिङ्ग जफत गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।
वडा नम्बर १४ धर्मवस्तीमा रहेको सिंह इन्टरप्राइजेजको ८४ ट्याक्टर, लालचन्द्र सप्लार्यसको ७ ट्याक्टर, खत्री सप्लार्यसको २४ ट्र्याक्टर, ईमान्दार ब्लक उद्योगमा १८ ट्याक्टर, खजुरी खोला किनारमा राखिएको १० ट्याक्टर र जिसी हाडवेर्यरको ४ ट्याक्टर गरेर १ सय ४७ टली (३ सय ६८ घनमिटर) नदीजन्य पदार्थ बालुवा स्टक नापजाँच गरेर आवश्यक कारबाहीका लागि जफत गरिएको इन्जिनियर निलेश कुमार पाण्डेयले बताए ।
खजुरा खोलाबाट नदीजन्य सामग्रीको उत्खनन्मा रोक लगाएपनि अबैध रुपमा चोरी निकासी हुँदै आएको छ । जफत गरिएको नदीजन्य सामग्रीलाई प्रक्रिया पुर्याएर लिलामी गर्ने नगरपालिकाले जनाएको छ ।








