गृहपृष्ठ Featured ४ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

४ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा महिलाहरुका लागी ४ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । उक्त तालिम लालमटिया सामुदायिक वन उपभोक्ता समूहको आयोजना र वैखरी मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा आज विहिबारदेखि सुरु भएको हो ।

तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका वडा नं.२ का अध्यक्ष विष्णु प्रसाद पौडेलले हरेक व्यक्तिमा उद्घोषण कला आवश्यक रहेको बताए ।

उनले उद्घोषण कलाले नै व्यक्तिको व्यक्तित्व विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । समाजका हरेक क्षेत्रमा बोल्ने कला विना अघि बढ्न नसकिने बताउँदै उनले तालिम पश्चात सहभागिहरु असल उद्घोषक बन्नेमा आफु विश्वस्त रहेको बताए । उनले तालिममा सिकेका ज्ञान, सिपलाई निरन्तर अध्यास गर्दै अघि बढ्न सुझाव दिए ।

लालमटिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चित्र बहादुर सिंजालीले तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उर्तान सक्ने गरि तालिममा अग्रसरता देखाउन आग्रह गरे । उनले हरेक क्षेत्रमा नेतृत्व हासिल गर्न व्यक्तिमा बोल्ने कला अपरिहार्य हुने बताए ।

आफुले तालिममा सिकेका ज्ञानलाई घरपरिवारका अन्य सदस्यहरुलाई पनि सिकाउन उहाँले तालिममा सहभागि बालबालिकालाई आग्रह समेत गरे ।

वैखरी मिडिया प्रा.लि.का कार्यकारी सम्पादक सागर विकको संचालनमा सम्पन्न तालिमको उद्घाटन सत्र वनका अध्यक्ष चित्र बहादुर सिंजालीको अध्यक्षता, वडा नं.२ का अध्यक्ष विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, वनका सचिव शिव थारु, प्रतिभा सामुदाियक वनका अध्यक्ष जंगबहादुर यादव लगायतको आतिथ्यता रहेको थियो ।

३५ जना महिलाहरुको सहभागिता रहेको उक्त तालिम ४ दिनसम्म चल्ने छ ।

सम्बन्धित् समाचार