वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगामा कर्तव्य ज्यान सम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । फरार रहेका प्रतिवादी होमनाथ पौडेललाई १९ वर्ष १० महिनापछि पक्राउ परेका हुन् ।
२०६१ साल असार २९ गते रातको समयमा साविक गजेहडा गाविस वडा नं.७ हाल वाणगंगा नगरपालिका वडा नं.४ डुगा स्थित आफ्नै घरमा आफु सुत्ने कोठा भित्र २२ बर्षीय दुर्गा पौडेल मृत अवस्थामा फेला परेका थिईन् ।
सोही मुद्दामा वारदात पश्चात फरार रहेका पौडेल गैडाकोट नगरपालिका ५ बाट प्रहरीले पक्राउ गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय पिपराले अदालतबाट दिन ५ को म्याद थप भएको जनाएको छ ।
पौडेललाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








