गृहपृष्ठ Featured वडाध्यक्ष पौडेललाई ८४ को चुनावबाट मेयर भएको हेर्ने वडावासीको ईच्छा !

वडाध्यक्ष पौडेललाई ८४ को चुनावबाट मेयर भएको हेर्ने वडावासीको ईच्छा !

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिका वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेल आगामी स्थानीय तहको चुनावमा मेयरको उम्मेदवार हुनुपर्ने बताएका छन् । शुक्रबार र शनिबार वडा कार्यालयले आयोजना गरेको वडावासीसंग वडाध्यक्ष कार्यक्रममा वडावासीले आफ्ना समस्या, सल्लाह, सुझाव राख्ने क्रममा यस्तो बताएका हुन् ।

उनीहरुले वडाध्यक्ष पौडेलले पहिलो कार्यकालमा उत्कृष्ट काम गरेकै कारण दोस्रो पटक पनि चुनाव जितेको र अब मेयर भएर समग्र बाणगंगा नगरपालिकालाई विकासको मूल प्रवाहमा जोड आवश्यक रहेको बताए ।

पौडेल वडाध्यक्ष भएपछि वडा नंं.२ भित्र तीब्र गतिमा विकास निर्माणका कामहरु भएको उनीहरुको भनाई छ । वडा नं.२ ले आगामी ८४ सालको चुनावबाट मेयर पाउने उनीहरुको विश्वास छ । उनीहरुले वडाध्यक्ष पौडेलले पछिल्लो समय छाडापशुचौपया नियन्त्रण तथा व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै यस समस्याको दिर्घकालीन समाधान खोज्न सुझाव दिए । वडाका केही क्षेत्रमा सिंचाईको असुविधाले कृषकलाई अप्ठयरोमा पारेको भन्दै यसको समाधानका लागी उनीहरुले ध्यानआकर्षण गराए ।

वडाअध्यक्ष पौडेलले सबैको यो साथ, सहयोग र स्नेहले आफु अत्यन्त खुशी भएको बताउँदै अवसर पाए नगरवासीको सेवामा समर्पित हुने बताए । उनले राजनिति गर्दै जादाँ भविष्यमा अवसरहरु प्राप्त गर्ने कुरा स्वाभावित भएको बताए । उनले वडा नं.२ लाई बाणगंगा नगरपालिकाकै उत्कृष्ट वडाको रुपमा स्थापित गर्न दिनरात नभनि लागेको बताए ।

उनले आफ्नो पहिलो कार्यकालमा वडाभित्र विकासका आधारभूत पूर्वाधार निर्माणमा जोड दिएको बताए । अहिले वडावासीलाई थप समृद्धितर्फ जोड्ने कार्यक्रम तथा नितिहरु अवलम्बन गरेर वडा अघि बढेको बताए ।

वडा बनाउन सबै वडावासीले अपनत्व लिन आवश्यक रहेको उनले बताए । सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विद्युत, संचार आदि क्षेत्रमा वडाले हालसम्म उल्लेख्य प्रगति हासिल गरेको उनले दाबी गरे ।

दुई दिन भएको उक्त कार्यक्रममा वडाध्यक्षसहितका जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष, सामुदायिक वनका अध्यक्ष, उपभोक्ता, राजनितिकर्मी, समाजसेवी तथा वडावासीको उल्लेख्य सहभागिता रहेको थिया् ।

सम्बन्धित् समाचार