गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमा २३ र २४ जेठमा ‘श्रमाधान रोजगार मेला’

लुम्बिनी प्रदेशमा २३ र २४ जेठमा ‘श्रमाधान रोजगार मेला’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लुम्बिनी प्रदेशमा २३ र २४ जेठमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ ।

बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा आयोजना हुने मेलाको तयारी पूरा भएको मेला संयोजक लोकनाथ भुसालले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा हुन लागेको श्रमाधान रोजगार मेला, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ, बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको हो ।

लुम्बिनी प्रदेश मेला संयोजक एवम् उपसचिव भुसालले रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने बताए ।

सम्बन्धित् समाचार