वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ३ र १० मा राजापानी सामुदायिक वनले अतिक्रमित क्षेत्रको सिमाना छुट्ट्याउने काम धमाधम गर्दै छन् । सो विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले उक्त कामलाई रोक्न चेतावनी दिएको छ ।
पार्टीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
उक्त क्षेत्रमा बसोबास गर्ने जनतालाई विना विकल्प बासै उठने गरि कपिलवस्तु डिभिजन वन कार्यालयले गैरजिम्मेवार र अनुचित काम गरेको नेकपा कपिलवस्तुको ठहर गरेको छ । उक्त पार्टीले उक्त कदम जनविरोधी भएको भन्दै घोर भत्र्सना गरेको छ ।
उक्त क्षेत्रमा वन कार्यालयलाई जिम्मेवार तवरले प्रस्तुत हुन पार्टीले सुझाएको छ । अन्यथा भईपरी आउने परिस्थितिको जिम्मेवारी स्वयम् राज्य पक्ष नै हुने पार्टीले जनाएको छ ।
यस्तो छ प्रेस विज्ञप्ति

बुधवार मात्रै बाणगंगा नगरपालिका १० दानापुर क्षेत्रमा वन अतिक्रमण गरि बनाइएको खेतमा २ ओटा डोजर प्रयोग गरि सिमाना छुट्ट्याउन सुरु गरिएको थियो ।








