काठमाडौं ।
सोमबारदेखि नेपालमा वर्षाको मात्रामा केहि कमी आउने मौसम जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यद्यपि सोमबारदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको जनाइको छ ।
महाशाखाले मनसुन न्यून चापीय रेखा नेपाल नजिक भएकोले नेपालमा मनसुन सक्रिय हुने जानकारी सहित असार २३ गते आइतबारसम्म सतर्कताको लागि असार २० गते नै मनसुन विशेष मौसम बुलेटिन जारी गरेको थियो ।
अहिलेको मनसुनलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र त्यसै अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।
त्यसैले दैनिक रूपमा सबैलाई अद्यावधिक मौसम सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने ३ दिने मौसम बुलेटिन नियमित हेर्न पनि अनुरोध गरेको छ ।









