गृहपृष्ठ Featured लुम्बिनी सास्ँकृतिक नगरपालिका वडा नः ४ मा १४ सय बिरुवा बृक्षारोपण गरियो

लुम्बिनी सास्ँकृतिक नगरपालिका वडा नः ४ मा १४ सय बिरुवा बृक्षारोपण गरियो

वैखरी अनलाइन, पर्सा ।
रुपन्देही जिल्लाको लुम्बिनी सास्कृतिक नगरपालिकाले एक कार्यक्रमकाबिच बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी सास्कृतिक नगरपालिका अन्र्तगत सञ्चालित समृद्धिका लागी बन कार्यक्रम अन्र्तगत नगरपालिकाको वडा नः ४ मा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

 

वडा नः ४ मनौरा स्थित रामजानकी मन्दीर परिसरमा रहेको सार्वजनिक जग्गामा बृक्षारोपण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानले बृक्षारोपण गर्दै कार्यक्रमको सुरुवात गरेका थिए ।

सो कार्यक्रममा वडा नः ४ का वडा अध्यक्ष बिनोद श्रीवास्तव, नगरपालिकाका सल्लाहकार मोहम्मद सईद खाँ, नगरपालिकाका सम्वन्य शाखा प्रमुख तुलसी राम लामिछाने, बन शाखा प्रमुख सन्तोषी पाण्डे, सामाजिक विकास शाखा प्रमुख फणिन्द्र पाल  लगायतको सहभागिता रहेको थियो ।

 

सो अवसरमा १४०० बढि बिरुवा बृक्षारोपण गरिएको थियो । सो अवसरमा बोल्दै नगरपालिकाका नगर प्रमुख सजरुद्यिन मुसलमानले नगरका खाली क्षेत्रमा यिमित बृक्षारोपण गर्दै जाने बताएका छन ।

सम्बन्धित् समाचार