गृहपृष्ठ Featured लुम्बिनी : कांग्रेस–एमाले सांसदहरू मन्त्री बन्ने होडमा काठमाडौँ पुगे

लुम्बिनी : कांग्रेस–एमाले सांसदहरू मन्त्री बन्ने होडमा काठमाडौँ पुगे

बुटवल ।

लुम्बिनी प्रदेशका कांग्रेस–एमाले सांसदहरू मन्त्री बन्ने आकाङ्क्षासहित आफ्ना पार्टीका नेतासमक्ष लबिङका लागि काठमाडौँ पुगेका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेस मिलेर गठबन्धन बनाएको भोलिपल्टै नेपाली कांग्रेस संसदीय नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी काठमाडौँ पुगे । उनी हालैमात्र काठमाडौँबाट फर्किएका छन् । कांग्रेस प्रदेश सभापति अमर पुन अहिले काठमाडौँ पुगेका छन् ।

यस्तै प्रदेश सचेतक निमा गिरी, सांसद जमुना ढकाल, माया पुन, प्रचण्ड विक्रम न्यौपाने, राजु खनाल, देवी चौधरी, धनेन्द्र कार्की लगायत सांसद पनि पार्टीभित्र आ–आफ्नो नेटवर्क प्रयोग गर्दै मन्त्रीका लागि लबिङ गर्न काठमाडौँ पुगेका छन् ।

नेपाली कांग्रेसकी सचेतक निमा गिरीले आफू काठमाडौँ आएको दुई दिन भएको बताइन् । अझै एक हप्ता काठमाडौँमै बस्ने उनले जानकारी दिइन् । यद्यपि आफू
निजी कामले काठमाडौँ आएको भन्दै उनले सत्ता फेरबदल भएकाले यस्तो बेला नेताहरू भेट्नु स्वाभाविक रहेको बताइन् ।

माओवादीका मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएपछि एमालेभित्र पनि मन्त्रीका लागि दौडधुप चलिरहेको छ । तर कांग्रेसका सांसदजस्तो एमालेका सांसद कमै काठमाडौँ पुगेका छन् ।

सम्बन्धित् समाचार