गृहपृष्ठ Featured रेडियो हर्टबिटको छैठौँ साधारण सभा सम्पन्न, साउनबाट नयाँ ब्यवस्थापनका साथ चल्ने

रेडियो हर्टबिटको छैठौँ साधारण सभा सम्पन्न, साउनबाट नयाँ ब्यवस्थापनका साथ चल्ने

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिका चार नम्बर जितपुरमा रहेको हर्टबिट एफएमको छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालीद्धारा सञ्चालित हर्टबिट एफएमको छैठौ बार्षिक साधारण सभा बाणगंगा १ बैरीयामा रहेको होटेल एभरग्रिनमा सम्पन्न भएको हो ।

 

साधारण सभामा हर्टबिट एफएमका महासचिव केशव सापकोटाले आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने भावी कार्य योजना रेडीयोका अध्यक्ष धातानन्द भुसालले प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित समेत गरेको छ ।

 

सो अवसरमा बोल्दै रेडीयोका अध्यक्ष धातानन्द भुसालले कोरोनापछि सञ्चार जगतमा देखिएको समस्यालाई औल्याउदै त्यसको समाधानका लागी भावी रणनितिबारे आफनो धारणा राखेका थिए । साथै अध्यक्ष भुसालले रेडीयो दिर्घकालिन भविष्यका लागी शेयर सदस्यले देखाएको बाटो अनुरुप अगाडी बढने बताए ।

 

अध्यक्ष भुसालले साथ दिएकोमा संचालक समिती सदस्य सल्लाहकार समिती लेखा समिती एवम सम्पुर्ण संचालक शेयर सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै यो हातेमालो र सहकार्य आगामी दिनमा समेत कायम रहने प्रतिबद्धता जनाएका छन ।

साउन महिनाबाट नया ब्यवस्थापनका साथ अगाडी बढने बताउदैँ अध्यक्ष भुसालले रेडीयो स्थापनाकालदेखि हालसम्म र भावीयोजनामा साथ दिएको धन्यवाद समेत दिएका थिए । सो अवसरमा बिष्णु अर्याल, रमेश घिमिरे, चक्र बहादुर भण्डारी, सुनिल कुमार गुप्ता, गंगा बहादुर कार्की, राम बहादुर खत्री, शान्तराज गैरै लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार