काठमाडौं ।
दुई दिनदेखि सर्भर डाउन हुँदा देशभरको यातायात कार्यालयका सेवा ठप्प भएका छन्। सेवा लिन गएका सेवाग्राही र कर्मचारीबीच तनावको अवस्था पनि सिर्जना भएको छ। यातायात कार्यालयहरू अस्तव्यस्त छन्।
सेवा प्रवाहमा व्यस्त सरकारी कार्यालयमध्ये यातायात व्यवस्था मुख्य हुन्। यातायात कार्यालय सधै भीडभाड नै हुन्छन्। काठमाडौंका चार कार्यालयले मात्रै दैनिक ४ हजारभन्दा बढीलाई सेवा दिने गरेका छन्। देशभर यातायात कार्यालयबाट दैनिक हजारौंले सेवा लिने गरेका छन्। काम नभएपछि सेवाग्राहीहरू कर्मचारी खनिन थालेका छन्। कर्मचारीमाथि हातपातको अवस्था पनि ठाउँ–ठाउँमा हुने अवस्था आएको छ।
कतिपय कार्यालयमा सेवाग्राहीको आक्रोशका कारण कर्मचारी दिउँसै कार्यालय छाडेर हिँडेका छन्। यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, ठूलो भर्याङका प्रमुख विमलप्रसाद भट्टराईले सर्भर डाउन हुँदा कार्यालयहरू ठप्प भएको पुष्टि गरे।








