गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : एमालेले टुंग्यायो ४ मन्त्रीको नाम

लुम्बिनी प्रदेश : एमालेले टुंग्यायो ४ मन्त्रीको नाम

नेकपा एमालेले लुम्बिनी प्रदेशका चार मन्त्रीको नाम टुंगो लगाएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथ लिने छन् । एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

सपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । एमालेबाट भोलि भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता चौधरीले भोलि मन्त्रीको शपथ लिनेछन् ।

एमाले प्रमुख सचेतक तुलसी चौधरीले भने, ‘कांग्रेससँग छलफल भइरहेकाले मन्त्रालय टुंगिएको छैन ।’

सम्बन्धित् समाचार