गृहपृष्ठ Featured कपिलवस्तुमा पोखरीमा डुबेर एक युवतीको मृत्यु

कपिलवस्तुमा पोखरीमा डुबेर एक युवतीको मृत्यु

वैखरी अनलाइन, कृष्णनगर ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा पोखरीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ । पालिकाको भोरहवा गाउमा रहेको पोखरीमा डुबेर वडा नःं ७ भोरहवा गाउमाँ बस्ने अन्दाजी सोह्र बर्षिय दुर्गीवती कोहारको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

बुधबार दिउसो पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएका कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिएका छन ।

शवलाई शिवराज अस्पताल बहादुरगंज कपिलवस्तुबाट पोस्टमार्टम समेत भई सकेपछि परिवारलाई जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

सम्बन्धित् समाचार