गृहपृष्ठ Featured करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

झापा ।

झापाको कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कचनकवल गाउँपालिका–४ निवासी तुलाराम साहका १६ वर्षीय छोरा विशालकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पौने ९ बजेको समयमा घरको भान्सा कोठामा नाङ्गो तारमा छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

घटना बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित् समाचार