गृहपृष्ठ Featured मायादेवी साझेदारी वनले अतिक्रमित क्षेत्रमा रोप्यो १६ हजार विरुवा

मायादेवी साझेदारी वनले अतिक्रमित क्षेत्रमा रोप्यो १६ हजार विरुवा

वैखरी अनलाईन, बाणगंगा ।

मायादेवी साझेदारी वन उपभोक्ता समितिले १६ हजार विरुवा रोपेको छ ।

वनले बाणगंगा नगरपालिका–११ बरवा क्षेत्रमा रहेको खाली १२ हेक्टर क्षेत्रफलमा टिक प्रजातीका विरुवा रोपेको वनका अध्यक्ष दिनेश जैसवालले वैखरीलाई जानकारी दिए ।

उनले स्थानीय उपभोक्ताहरुमार्फत वृक्षरोपण भएको बताउँदै भने, ‘बरवा क्षेत्रमा भएको अतिक्रमित जमिनलाई वनले पहिले नै हटाएर सिमा निर्धारण गरेर तारबार गरेको थियो । सोही क्षेत्रमा वृक्षरोपण गरिएको हो ।’

उनले विभिन्न प्रजातीका विरुवाहरु क्रमश लहरै हुने गरि वृक्षरोपण गरिएको बताए । वनले यसरी लगाएको विरुवाको संरक्षण, सम्बद्र्धन गर्ने जिम्मेवारी यस क्षेत्रका व्यक्तिहरुले मुख्य रुपमा निर्वाह गर्नुपर्ने अध्यक्ष जैसवालको भनाई छ ।

वनले अमूल्य सम्पदा भएकाले यसको संरक्षण सबैको सरोकारको विषय भएको उनले बताए । वनले वन संरक्षण, व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको उनले दाबी गरे । उनले मायादेवी साझेदारी वनलाई प्रदेशकै उत्कृष्ट साझेदारी वनको रुपमा स्थापित गर्ने गरि आफहरु ख्टिएको बताए ।

पछिल्ला बर्षहरुमा मायादेवी साझेदारी वनले जिल्ला डिभिजन कार्यालयसंग मिलेर वन अतिक्रमणलाई रोक्न प्रभावकारी कदम चाल्दै आएको छ । वनले पटना क्षेत्रमा गत बर्ष र यो बर्ष पनि वन अतिक्रमण हटाएको छ । जसलाई वन सम्बद्ध जानकारहरुले चौतर्फी रुपमा प्रशंसा गर्दै आएका छन् ।

सम्बन्धित् समाचार