गृहपृष्ठ Featured ‘विश्वासलाई डगमगाउन नदिई पाएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्नेछु’

‘विश्वासलाई डगमगाउन नदिई पाएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्नेछु’

वैखरी अनलाईन, बाणगंगा ।

नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री रुपा विकले सबैको विश्वासलाई डगमगाउन नदिई पाएको जिम्मेवारीलाइ कुशलतापूर्वक पूरा गर्ने बताएकी छिन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै राज्यमन्त्री विकले चुनौतीहरुसंग डटेर सामाना गर्दै मुलुकलाई सामाजिक न्याय र समृद्धिको बाटोमा हिडाउन आफु हरबखत प्रयत्नरत हुने प्रतिवद्धता जनाएकी छिन् ।

‘मैले नेपाल सरकारको वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेको छु । मलाई माया र विश्वास गरी यो जिम्मेवारी प्रदान गर्नुहुने हाम्रो पार्टी नेपाली कांग्रेसका श्रद्वेय सभापति ज्यु र सम्माननिय प्रधानमन्त्री ज्यु प्रति हार्दिक आभार व्यक्त गर्दछु । मलाई यो भूमिकामा पुर्याउन महत्वपूर्ण योगदान दिनुहुने पार्टीका अग्रज नेतागणहरु, मेरा अभिभावक तथा सहकर्मीहरु, पुज्य बुवा र देश विदेशमा रहनु भएका मेरा शुभचिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्दै यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाप्रति कृतज्ञता प्रकट गर्दै यहाँहरुको विश्वासलाई डगमगाउन नदिई मैले पाएको जिम्मेवारीलाइ कुशलतापूर्वक पूरा गर्ने प्रयास गर्नेछु । हाम्रो अगाडि उभिएका चुनौतीहरु सङ डटेर सामाना गर्दै मुलुकलाई सामाजिक ,न्याय र समृद्धिको वाटोमा हिडाउन हरवखत प्रयत्नरत हुनेछु ।’ उनले लेखेकी छिन् ।

सम्बन्धित् समाचार