वि.सं २०६५ सालमा श्रीमानको मृत्युपछि हराएकी महोत्तरीकाे मण्ड शिसुवा नगरपालिकाका लाल बाबु शाहकी श्रीमती दौलत देवी शाह १५ वर्षपछि फेला परेकी छन्।
उनी यही साउन १७ गते तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर-३, सुखौरा क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएकी हुन्। दौलत देवीलाई साउन २१ गते उनका छोरा रोशन शाहको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
१५ वर्षपछि उनी फेला परेपछि परिवारमा खुसीको लहर छाएको छ। रोशनले आमासँग पुनर्मिलन भएकोमा खुसी व्यक्त गरे।








