गृहपृष्ठ Featured विवादपछि कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजयले दिए राजीनामा

विवादपछि कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजयले दिए राजीनामा

रुपन्देही ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिलसिनाले राजीनामा दिएका छन् ।

साउन ९ गते प्रदेश सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा पुगेका उनलाई पार्टी नेतृत्वले रोकेपछि उनी असन्तुष्ट हुँदै आएका थिए । दौरा सुरवाल लगाएर प्रदेश प्रमुख कार्यालयमा पुगेका उनलाई पार्टी नेतृत्वको दवावमा रोकिएपछि मोबाइल अफ गरेर निस्केका थिए ।

साउन १८ गते उनलाई पुनः मन्त्री बनाउने प्रचार गरियो । ९ गते मन्त्री बनेकाहरुलाई मन्त्रालय तोक्ने र उनलाई पनि मन्त्रीको शपथ खुवाउनेगरी पार्टीले प्रचार गरेपनि अन्तिम समयमा रोकेको थियो ।

पार्टी संस्थापन समूहमा रहेका उनलाई प्रदेशमा भने संस्थापन समूहकै नेताहरुले नरुचाएर यसो गरिएको स्रोतले जनाएको छ ।

सम्बन्धित् समाचार