गृहपृष्ठ Featured गुल्मीको रेसुङ्गा विमानस्थलबाट झण्डै २ महिनापछि हवाई सेवा सुरु

गुल्मीको रेसुङ्गा विमानस्थलबाट झण्डै २ महिनापछि हवाई सेवा सुरु

गुल्मी ।

गुल्मीको रेसुङ्गा विमानस्थलबाट झण्डै २ महिनापछि नियमित उडान पुनः सुरु भएको छ । खराब मौसमका कारण असार दोस्रो सातादेखि उडान बन्द भएको थियो ।

मौसममा तुलनात्मक सुधार आएसँगै आजदेखि नेपाल एयरलाइन्सको विमानले उडान गरेको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए ।

आजको बिहानको उडानमा काठमाडौंबाट हवाईजहाज चढेर १२ जना यात्रु रेसुङ्गा विमानस्थल ओर्लिएका थिए ।

सम्बन्धित् समाचार