गृहपृष्ठ Featured लुम्बिनी विकास कोषले बजेट पौने १ अर्बको बजेट ल्याउने

लुम्बिनी विकास कोषले बजेट पौने १ अर्बको बजेट ल्याउने

लुम्बिनी विकास कोषले चालु आर्थिक वर्ष २०८१/८२ मा पौने १ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ ।

शनिबार कोषको परिषद बैठकमा कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरिकतर्फ ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षीय कार्यक्रमका लागि ४४ करोड गरी ७६ करोड ९८ लाखको अनुमानित बजेट पेस गरे । बैठक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको हो ।

बैठकमा मन्त्री पाण्डेले पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्त्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना ल्याइने बताए ।

मन्त्री पाण्डेले लुम्बिनीबाट विश्वमा बुद्धको सत्मार्ग र सदाचारको सन्देश दिनुपर्ने बताउँदै यसका लागि लुम्बिनी विकास कोषसँगै समुदाय, पर्यटन व्यवसायी र लुम्बिनीमा रहेका गुम्बा बिहारहरूबीच एकता आवश्यक रहेको बताए ।

सम्बन्धित् समाचार