गृहपृष्ठ Featured भैरहवा र पोखरा उडान गर्न चाइना साउदर्न तयार !

भैरहवा र पोखरा उडान गर्न चाइना साउदर्न तयार !

काठमाडौं ।

चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नका प्रतिनिधिले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तार गर्न तयार रहेको जानकारी गराएका छन् ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग भेट्दै चाइना साउदर्नका प्रतिनिधिले यस्तो जानकारी गराएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डे समक्ष पोखरा र भैरहवामा उडान गर्न उत्साहित रहेको बताएका हुन् ।

४० भन्दा बढी मुलुकमा सेवा दिँदै आएको कम्पनीले अहिले काठमाडौंबाट चिनियाँ सहर ग्वान्झाओमा सिधा उडान गरिरहेको छ ।

सम्बन्धित् समाचार