गुल्मी ।
गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् ।
जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– १ निवासी ८५ वर्षीया ढलकुमारी घिमिरे बडिगाड खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए ।
घिमिरे गत भदौ ११ गते कसैलाई केही नभनी घरबाट हिँडेको र मृत फेला परेको परिवारका सदस्यहरुको भनाइ छ । परिवारका सदस्यहरुले नै मृत फेला परेपछि प्रहरीलाई जानकारी गराएका थिए ।








