हरि घिमीरे ,भदै २८

बाणगंगा नगरपालिका वडा न. ५ले कोपवा स्वास्थ्य चैकिमा सुत्केरी भएका महिलाहरूका लागि पोषण सामाग्री वितरण गर्ने कार्यक्रमको थालनि विहीबार देखी सुरु गरेको छ । कोपवा स्वास्थ्य चौकी र्वथिङ सेन्टरमा सुत्केरि भएका महिलाहरुको लागी वडा ले यस्तो व्यवस्था गरेको हो । पोषण सामाग्री बितरणले मात्र सबैथोक मिल्ने भन्दा पनि पोषणको महत्व र सचेतनाको लागि तथा सुबिधा युक्त कोपवा स्वास्थ्य चौकी (२४ घण्टे प्रशुती सेवा केन्द्र) मा सेवा लिन आउनेहरुको लागि सन्देशमुलक कार्यक्रमको रुपमा यसलाई अगाडि बढाएको हो । पोषण कार्यक्रमको सुभारम्भको दिन १७ जना सुत्केरी महिलाहरुलाई पोषण सामाग्री ( अण्डा, मह र गाईको घ्यु) वितरण गरिएको छ । आगामि हप्ता देखि वडा भित्र रहनुभएका सम्पुर्ण गर्भवती महिलाहरुको लागि पनि टोल टोलमा गएर सामुहिक रुपमा “दिब्य गर्भ संस्कार तथा पोषण सचेतना कार्यक्रम“ संचालन गर्ने वडा अध्यक्ष भिष्म भुषालले वैखरि अनलाईन लाई जानाकारि दिए ।








