गृहपृष्ठ Featured दाउन्नेमा गुडिरहेको ट्रकमा आगलागी

दाउन्नेमा गुडिरहेको ट्रकमा आगलागी

परासी ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । बर्दघाट नगरपालिका-४ स्थित दाउन्नेमा लु २ ख ५१३७ नम्बरको भुस बोकेको ट्रकमा एक्कासी आगलागी भएको हो । भुस बोकेको कारण आगो निभाउन निकै कठिन भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण ट्रकमा क्षति पुगेको भए पनि मानवीय क्षति भने भएको छैन ।

बर्दघाट नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । बीच सडकमा चल्दाचल्दैको सवारीमा आगो लागेपछि दाउन्ने खण्डमा केही समय सडक अवरुद्ध भएको थियो ।

आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार