गृहपृष्ठ Featured लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तु : भेटघाट तथा परिचयात्मक कार्यक्रम

लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तु : भेटघाट तथा परिचयात्मक कार्यक्रम

वैखरी अनलाइन, बाणगंगा ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुले एक कार्यक्रमकाबिच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- १ बुङचीमा स्थित श्री पेज होटेलमा सघंले भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो ।

सो अवसरमा जिल्लाका हरेक १० पालिकाबाट नेपाल लोकतान्त्रिक खेलकुद सघं जिल्ला कार्य समिति कपिलवस्तुमा छनोट हुन सफल भएका सदस्यहरु सहित नेपाली कागं्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेपाल लोकतान्त्रिक खेलकुद सघं जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष पदम प्रताप सेनले कपिलवस्तु जिल्लामा कांग्रेसभित्र हरेक पिढीलाई जोड्नका लागी खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

जिल्लाका हरेक पक्ष तथा क्षेत्रका बिषयलाई साथ दिएर र लिएर आफु अगाडी बढन चाहेको उनको भनाई छ । जुनसुकै क्षेत्रलाई चिनाउन खेल माध्यम पहिलो आधार भएको बताउदै अध्यक्ष सेनले खेलकुदका हरेक क्षेत्रका गतिविधि बढाएर पार्टाीलाई एकजुट बनाउने उद्देश्य आफनो रहेको उनको भनाई छ ।

अध्यक्ष पदम प्रताप सेन कपिलवस्तुसहित लुम्बिनि प्रदेशमै लोकप्रिय युवा नेता तथा खेल प्रेमीका रुपमा परिचित छन । खेलकुद क्षेत्रको बिकासका लागी उनी नियमित रुपमा सक्रिय रहेको समेत पाइएको छ ।

त्यस्तै नेपाली कागं्रेस जिल्ला कार्य समिति कपिलवस्तुका सचिव तथा नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष शक्ति सिहं ठकुरीले कपिलवस्तु जिल्लाको हकमा पार्टीले युवा र खेलकुदका गतिविधिलाई प्राथमिकतामा राखेर काम गरेको बताउदै यसलाई निरन्तरता दिने समेत बताए । कार्यक्रममा जिल्लाभरका १० पालिका भित्रका ४० बढि प्रतिनिधि सहित अथितिको सहभागिता रहेको थियो ।


सो अवसरमा लुम्बिनि प्रदेश सदस्य रुक बहादुर भुसाल, नेपाली कागं्रेस बाणगंगा नगरपालिका कार्य समिति सभापति बिष्णु थापा, लुम्बिनि प्रदेश क सदस्य राम जि सेन, इन्दीरा तिम्लसिना, क्षेत्रीय सदस्य झलक मल्ल, महाधिवेशन प्रतिनिधि गणेश बहादुर क्षेत्री लगायतले आआफनो धारणा राखेका थिए ।

 

 

कार्यक्रममा कागं्रेस नेता डोलकराम घिमिरे, युवा नेता तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष गणेश बहादुर क्षेत्री, वडा नः ६ का वडा अध्यक्ष करुण टण्डन, नेपाल बिद्यार्थी सघं जिल्ला कार्य समिति कपिलवस्तुका सभापति चन्द्रकान्त पोखरेल, युवा नेताहरु बुद्धि बहादुर रोकाहा दिनेश क्षेत्री, प्रविण पौडेल, मिन थापा, निल कमल थारु लगायतको सहभागिता रहको थियो ।

सम्बन्धित् समाचार