गृहपृष्ठ Featured सुस्ता पारिका बासिन्दालाई एक वर्षसम्म १ वर्षसम्म निःशुल्क बिजुली

सुस्ता पारिका बासिन्दालाई एक वर्षसम्म १ वर्षसम्म निःशुल्क बिजुली

परासी ।

पश्चिम नवलपरासीको सुस्ता-५ नारायणी पारिका बासिन्दालाई एक वर्षसम्म निःशुल्क विद्युत् सेवा उपलब्ध हुने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले सुस्ताका बासिन्दालाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका हुन् । नारायणी नदीमा निर्माण भएको पुल र विद्युतीकरण उद्‌घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँगै सुस्ता पुगेका मन्त्री खड्काले यस्तो घोषणा गरेका हुन् ।

नारायणी नदीको कारण बिजुली पुग्न नसकेको सुस्तामा झोलुंगे पुलमार्फत राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ । नारायणी पारि सुस्तामा करिब ३ सय ५० घरधुरी रहेका छन् । एक वर्षसम्म नि:शुल्क विद्युत् उपभोग गर्न पाउने भएपछि सुस्तावासी खुसी भएको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए ।

राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा निर्मित सौर्य मिनीग्रिड प्रणालीलाई आबद्ध गरी एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट सुस्तामा बिहीबारदेखि विद्युत् आपूर्ति सुरु भएको छ ।

यसअघि सौयग्रीडमार्फत विद्युत् विस्तार गरिए पनि उद्योग तथा ठूला मेसिनहरु संचालन नहुने र समय समयमा ग्रीड बिग्रने समस्या थियो । अब चौबीसै घण्टा बिजुली आउने भएपछि स्थानीय हर्षित छन् ।

सम्बन्धित् समाचार