गृहपृष्ठ Featured बाणगंगाका विद्यालयमा नियमित पठनपाठन हुने

बाणगंगाका विद्यालयमा नियमित पठनपाठन हुने

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका विद्यालयमा नियमित पठनपाठन हुने भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द नरहने जानकारी दिए ।

अविरल वर्षाबाट देशका विभिन्न स्थानहरु प्रभावित भएता पनि बाणगंगा नगरपालिका भित्रको जनजीवन सामान्य रहेकाले नियमित रुपमा पठनपाठन संचालन गर्न भनिएको शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले बताए ।

‘केहि दिनदेखि देशभर भएको अविरल वर्षाबाट देशका विभिन्न स्थानहरु प्रभावित भएता पनि यस नगरपालिका भित्रको जनजीवन सामान्य रहेको छ,’ उनले भने, ‘सोही परिस्थितिलाई मध्यनजर गर्दै यस पालिका भित्रका विद्यालयहरु बन्द नगरिएको हो ।’

सम्बन्धित् समाचार