गृहपृष्ठ Featured लुम्बिनी विकास कोष : लिखित क्षमायाचनापछि निर्माण व्यवसायीलाई भुक्तानी दिने सहमति

लुम्बिनी विकास कोष : लिखित क्षमायाचनापछि निर्माण व्यवसायीलाई भुक्तानी दिने सहमति

बुटवल ।

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि भएको हातपात र दुर्व्यवहारमा निर्माण व्यवसायीले लिखित क्षमायाचना गर्ने सहमति भएको छ ।जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आइतबार बसेको बैठकमा कोषका पदाधिकारी, राजनीतिक दलका नेताहरु, संघीय सांसद र सरोकारवालाहरूको बैठकमा चार बुँदे सहमति भएको हो ।

कोषमा आगामी दिनमा यस्ता कृयाकलापहरु नगर्ने/नगराउने प्रतिवद्धता व्यक्त गरिएको छ । असोज ८ गते भएको घटनामा संलग्न दोषीहरुमाथि निष्पक्ष छानबिन गरी कारवाहीको प्रक्रिया अगाडि बढाउने बैठकले निर्णय गरेको छ ।

यस्तै निर्माण व्यवसायीहरुको तर्फबाट परिचालन हुने सव कन्ट्याक्टर लगायतका अन्य व्यक्तिहरुको जिम्मेवारी/जवाफदेहिता स्वयं निर्माण व्यवायीहरुले लिने, निर्माण व्यवसायीहरुले गरेको कामको पाउनुपर्ने भुक्तानी तत्काल गर्ने व्यवस्था लुम्बिनी विकास कोषले मिलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीहरुले आगामी दिनमा घेराउ, धर्ना लगायतका क्रियाकलाप नगर्ने/नगराउने सहमति समेत भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

गत असोज ८ गते कोषका उपाध्यक्ष सहितका पदाधिकारीलाई गालीगलौज गर्दै निर्माण व्यवसायी सम्बद्व व्यक्तिहरूले कोषाध्यक्ष र सदस्यसचिवमाथि हातपात र दुव्र्यवयहार गरेका थिए ।

सम्बन्धित् समाचार