गृहपृष्ठ Featured अब बैरियाको श्री डि.एन. ट्रेडसमा ‘दशै तिहार अफर’ : एक लाखसम्म जित्ने अवसर

अब बैरियाको श्री डि.एन. ट्रेडसमा ‘दशै तिहार अफर’ : एक लाखसम्म जित्ने अवसर

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियामा अवस्थित श्री डि.एन. ट्रेडसमा दशै तिहार अफर आएको छ । बर्जरको नगद उत्सव अन्तर्गत दशैं तिहारको अवसरमा ग्राहकले नगद पुरस्कार जित्न सक्ने ट्रेडसका संचालक दुर्गा प्रसाद न्यौपानेले वैखरीलाई बताए ।

उनले ग्राहकलाई मध्येनजर गर्दै अफर सार्वजनिक भएको बताउँदै यस अफर अन्तर्गत बर्जर पेन्ट्सले घर रंगाएर एक लाख रुपैयासम्मको स्योरशट नगद पुरस्कार प्राप्त गर्न सकिने बताए । संचालक न्यौपानेले स्योरशट प्रत्यक्ष प्रशारण हुने बताउँदै भने, ‘यो अफर सुरु भईसकेको छ , अफर तिहारसम्मै चल्ने छ । सबै बर्जर पेन्ट्सका प्रयोगकर्ता यसको भागीदार हुन सक्नुहुने छ ।’


उनले बर्जर पेन्ट्स खरिद गरेर लखपति हुने अवसरको सदुपयोग गर्न अपिल समेत गरे । नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठपर्वको शुभकामना दिदैं उनले यो अफर आमसेवाग्राहीका लागी ठूलो अवसर भएको बताए ।

आफुहरुले केही बर्षदेखि सेवाग्राहीको विश्वास जित्दै आएको बताउँदै उनले भने, ‘विशेषतः चाडपर्वमा सबैले आफ्नो घर रंगाएर चिटिक्क पार्ने गर्नुहुन्छ । त्यसका लागी पेन्ट्स खरिद गर्दै गर्दा केही पुरस्कार जित्ने अवसर हामी दिदैं छौं । यसले सेवाग्राहीमा नयाँ उमङ्ग छाउने छ ।’

बर्जरको आधिकारिक विक्रेताको रुपमा रहेको श्री डिएन ट्रेडसले यस क्षेत्रमा झन्डै २ बर्षभन्दा बढी समयदेखि सेवा दिदैं आएको छ ।

यस अफरबारे थप बुझ्नका लागी सेवाग्राहीले ट्रोल फ्री. नम्बर १६६००१२३४३६ मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै बर्जर पेन्ट्सको आधिकारिक  डिलर श्री डि.एन. ट्रेडस बैरिया (९८५७०७०४४६) मा समेत सम्पर्क  गर्न सक्नुहुनेछ ।

सम्बन्धित् समाचार