गुल्मी ।
दशैं–तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यवस्था मिलाउन गुल्मीमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायता कक्ष स्थापना गरेका हुन् ।
जिल्लाको सदरमुकाम तम्घासको तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क, वामी, रिडी बसपार्क, श्रृङ्गा लगायतका स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । सहायता कक्षको स्थापना गर्दै गुल्मीबाट बुटवलको छुट्ने बस चालकलाई फूल माला लगाएर सुरक्षित यात्राको कामनासहित शुभारम्भ गरिएको थियो ।








