गृहपृष्ठ Featured दाउन्नेमा फेरि भासियो सडक

दाउन्नेमा फेरि भासियो सडक

परासी ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा सडक भासिएको छ । पश्चिम नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको हो । भासिएको सडक मर्मत भइरहेको छ ।

राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारी रोकिएका छ्न् । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो ।

सम्बन्धित् समाचार